
३० श्रावन २०७८, शनिवार
आर्थिक अवस्था कमजोर भएका व्यक्तिहरूलाई लक्षित गर्दै वीरगञ्जमा ५० रुपैयाँमा खाना खुवाउने भोजनालय खुलेको छ ।
सामाजिक संस्था सानो पाइलाले विशेष गरी वीरगञ्ज महानगरभित्र दैनिक ज्याला मजदुरी गरेर जीवन निर्वाह गर्दै आएका श्रमिक एवम् न्यून आर्थिक अवस्थाका परिवारलाई लक्षित गरेर भरपेट भोजनालय सञ्चालनमा ल्याएको हो ।
सानो पाइलाका संस्थापक एवम् प्रमुख कार्यकारी अधिकृत कञ्चन झाले कोरोना भाइरस संक्रमणको पहिलो लहरको क्रममा संस्थाले सञ्चालन गरेको फिडिंग नेपाल अभियानको विस्तारित स्वरुप भरपेट भोजनालय रहेको बताउनुभयो ।