
दिनेश खड्का खप्तडि/ क्वालालम्पुर
३० श्रावन २०७८, शनिवार
कोरोना सक्रमणवाट ज्यान गुमाएका एक नेपालीको आज मलेसियामा अन्त्येष्टि गरिएको छ । संखुवासभा जिल्लाको भोटेखोला गाउँपालिका वडा न २ गुम्वा घर भई मलेसियामा विगत ५ वर्षदेखि सेक्युरिटि गार्डमा कार्यरत ४२ वर्षिय ठिलेन भोटेको आज अन्त्येष्ठि गरिएको हो ।
क्वालालम्पुरको सेन्तुलमा अफिस भएपनि उनी आम्पाङमा कार्यरत थिए । सोहि वेलानै उनमा कोरोना सक्रमण देखिएको साथीहरुले जानकारी गराएका छन ।
कोरोना सक्रमण देखिएपछि कम्पनीले सलायाङ अस्पतालमा लगेर उपचार गराईरहेकामा अगष्ट ९ तारिखका ठिलेनको मृत्यु भएको थियो ।
उनको परिवारमा वुवा आमा भाई श्रीमती एक छोरा एक छोरी रहेका छन । छोरा अहिले रोजगारीको लागि दुवईमा छन भने श्रीमती र छोरी दाजीलिङमा वस्दै आएका छन । वुवाआमा र भाई संखुवासभामा छन ।
मृतकको घरपरिवारले मन्जुरीनामा दिएपछि आज अन्त्येष्ठि गरिएको र उनले काम गर्दा कम्पनीवाट लिनु पर्ने वाकि रकम र अन्य केहि सहयोग समेत संकलन गरेर नेपाल पठाईने एनआरएनए मलेसियाका आईसिसि सदस्य विरेन्द्र कुमार नेगीले जानकारी गराए ।