३० श्रावन २०७८, शनिवार

मोरङ, बेलबारी नगरपालिकाका विभिन्न स्थानबाट अवैध लागूऔषध ब्राउनसुगर सहित २ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापा बुद्धशान्ति गाउँपालिका-५ घर भएका ३४ वर्षीय खेम मगर र झापा मेचीनगर नगरपालिका-३ घर भएका ३९ वर्षीय लोकबन्धु दर्नाल रहेका छन् । ईलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरी टोलीले बेलबारी नगरपालिका १० स्थित लक्ष्मीमार्गबाट मगरलाई १ ग्राम ६७ मिलिग्राम अवैध लागूऔषध ब्राउनसुगर सहित पक्राउ गरेको थियो । थप अनुसन्धानको क्रममा उनले उक्त लागूऔषध लोकबन्धु दर्नालबाट खरिद गरेको भन्ने खुल्नआएपछि दर्नाललाई बेलबारी नगरपालिका- ३ पशुहटियाबाट ९ ग्राम ९३ मिलिग्राम अवैध लागूऔषध ब्राउनसुगर सहित पक्राउ गरेको हो ।
धनुषा, बटेश्वर गाउँपालिका-१ चित्रपुर बस्ने ३५ वर्षीय लाल बहादुर लामालाई करिब २ केजी अवैध लागूऔषध गाँजा सहित शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी बटेश्वरबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
भक्तपुर, सूर्यविनायक नगरपालिका-४ दधिकोट बस्ने उदयपुर घर भएका ३० वर्षीय जित बहादुर तामाङलाई करिब १ केजी अवैध लागूऔषध गाँजा सहित शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर भक्तपुर र महानगरीय प्रहरी प्रभाग दधिकोटबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
संखुवासभा, खाँदवारी नगरपालिका-७ बस्ने ६९ वर्षीय जय चापागाईलाई २ सय ४ ग्राम अवैध लागूऔषध अफिम सहित शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । बिशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय संखुवासभाबाट खटिएको प्रहरीले चापागाईको घर तलासी गर्दा घरमा लुकाई राखेको उक्त अफिम फेला पारी उनलाई पक्राउ गरेको हो ।
चितवन, कालिका नगरपालिका-३ बस्ने २८ वर्षीय राजेन्द्र बिकलाई नियन्त्रित लागूऔषध डाईजेपाम २५ एम्पुल, नुफिन २५ एम्पुल, र सिरिज्याक २५ एम्पुल सहित शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । उनको घरमा लागूऔषध लुकाई राखेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी बिट पदमपुरबाट खटिए प्रहरीले घर तलासी गर्दा उक्त लागूऔषध फेला पारी उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर