 
							३० श्रावन २०७८, शनिवार
नक्कली कागजात बनाएर बैंकबाट ऋण लिई ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पोर्चुगलबाट पक्राउ गरेर नेपाल ल्याईएको छ ।
पक्राउ पर्नेमा काभ्रे जिल्ला भुम्लु गाउँपालिका(१ का ४३ वर्षका केदार ढुंगाना रहेको प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोले जनाएको छ ।
मुख्य आरोपी ढुंगाना विदेशमा रहेको जानकारी पाएपछि प्रहरीले २०७५ पुस १७ गते इन्टरपोलमार्फत डिफ्युजन नोटिस जारी गरेको थियो ।
ढुंगानाले पोर्चुगलमा आवास अनुमति लिन आवेदन दिएको जानकारी पाएपछि प्रहरी प्रधान कार्यालयले एनसीबी पोर्चुगलसँग समयन्वय गरी उनलाई पक्राउ गरेको सीआईबीका प्रवक्ता श्यामकुमार महतोले जानकारी दिए ।


 
								


 
										 
										





 
												 
												 
												 
												 
												
 +977 986-4882241
 +977 986-4882241 rastradaily@gmail.com
 rastradaily@gmail.com