३० श्रावन २०७८, शनिवार

नेकपा एमालेले गण्डकी प्रदेशमा छाया सरकार बनाएको छ ।

https://amzn.to/4myfPN5

११ मन्त्रालय हेर्ने गरी ९ वटा संसदीय समूह बनाएको गण्डकी प्रदेशका एमालेका प्रमुख सचेतक मायानाथ अधिकारीले जानकारी गराए ।

जसअनुसार भौतिक पूर्वाधार, विकास तथा यातायात मन्त्रालयका गतिविधिको निगरानी गर्नका लागि पूर्व मन्त्री रामशरण बस्नेत संयोजक र रोशन गाहामगर र प्रभा कोइराला सदस्य रहेका छन ।

त्यस्तै उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको निगरानीका लागि विकास लम्सालमा संयोजक तथा रामबहादुर गुरुङ र लक्ष्मी सुनार सदस्य रहेका छन ।

सामाजिक विकास मन्त्रालयमा संयोजकमा नरदेवी पुन र जनकलाल श्रेष्ठ र इन्द्रधारा विष्ट सदस्य रहेका छन ।

कानुन, सूचना सञ्चार, प्रदेश मामिला मन्त्रालयको संयोजकमा चन्द्र मोहन गौचन र सदस्यहरुमा पुष्पा केसी भण्डारी रहेकि छिन ।
त्यस्तै अर्थ मन्त्रालयको संयोजकमा इन्द्रलाल सापकोटा र सदस्यमा कृष्ण बहादुर थापा रहेका छन् ।
यसैगरी
भूमि, व्यवस्था,कृषि मन्त्रालयको संयोजकमा मित्रकुमारी गुरुङ र सदस्यमा मनबहादुर गुरुङ र महेन्द्र थकाली चयन भएका छन् ।

ऊर्जा, खानेपानी मन्त्रालयको संयोजकमा मीनप्रसाद गुरुङ र सदस्यमा धनञ्जय दवाडी चयन भएका हुन् ।
मुख्यमन्त्री तथा मन्त्रीपरिषद् समूहको संयोजकमा मोहन प्रसाद रेग्मी र सदस्यमा मायानाथ अधिकारी र मीना गुरुङ चयन भएका छन् ।
स्वास्थ्य, जनसङ्ख्या, युवा तथा खेलकुद समूहको संयोजकत्वमा राजीव पहारी र सदस्यमा जुनादेवी नेपाली र सावित्रा राना मगर चयन भएका छन् ।

 

प्रतिक्रिया

सम्बन्धित खवर