३० श्रावन २०७८, शनिवार

अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिका वार्ड नं ५ मैदानमा पहिरोले पुरिएर एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा पाणिनी गाँउपालिका वार्ड नं ६ धातिवाङ्गका मानबहादुर सुनार रहेका छन ।

मैदानका मेघराज घिमिरेको वन्दै गरेको पक्की भवन पलास्टर गर्ने क्रममा शनिबार साँझ ५ वजे गएको पहिरोमा परि पुरीएर मृत्यु भएको प्रहरीले जनाएको छ ।
स्थानीय बासिन्दा, पाली प्रहरी चौकी प्रहरीको पहलमा जेसिवी मेसिनको सहयोगले डेढघण्टासम्म माटो फाल्दा राति करिब ९ बजे सुनारलाई मृत अवस्थामा फेला पारिएको थियो ।

सुनारको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल अर्घाखाँचीमा लगिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर