
३० श्रावन २०७८, शनिवार
गत चौबिस घण्टामा कतारमा २१७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
यसैगरी यहि अवधिमा १३५ जनालाई निको भएको कतारकोा स्वास्थ मन्त्रालयले जनाएको छ ।
आज भाइरस देखिएका मध्ये १४८ जना स्थानिय र ६९ जना अन्य देश बाट आएकाहरु रहेका छन ।
यो संगै कतारमा भाइरस संक्रमण पुष्टि भएको कुल संख्या २,२७,६८९ पुगेको छ ।
अहिले कतारका विभिन्न अस्पतालहरुमा ८९ जनाको उपचार भैरहेको छ ।
जसमध्ये आईसीयुमा २१ जनाले उपचारगराईरहेका छन ।
कतारमा अहिले २,२५०जना सक्रिय सक्रमित रहेका छन ।
कसैमा भाइरस सम्बन्धि लक्षण देखा परेमा तुरुन्त १६००० मा सम्पर्क गर्न मन्त्रालयले सबैमा आग्रह गरेको छ ।