
२९ श्रावन २०७८, शुक्रवार
कोरोना सक्रमणवाट मलेसियामा एक नेपाली चेलीको मृत्यु भएको छ ।
इलामको पिपलवोट घर भएकि ४१ वर्षिय सवनम दासको कोरोना सक्रमणको कारण मृत्यु भएको छ ।
उनी मलेसियामा इण्टरनेशनल रिक्रुटमेण्ट मार्फत प्रमिनटयाक्स फुरुवाकर अटोपार्टमा रोजगारीको लागि ७ वर्ष अगाडि आएकि थिईन ।
केहि विरामि जस्तो लक्षण देखिन थालेपछि उनलाई अस्पतालमा लगेर भर्ना गरेको थियो । उपचारकै क्रममा उनको मृत्यु भएको हो ।
शव अहिले पेनाङ अस्पतालमा रहेको छ। शवलाई अन्येष्टि गर्नको लागि नेपालवाट कागजपत्रहरु झिकाउने प्रकृया भैरहेको वुद्धि राईले जानकारी गराएका छन ।