
२९ श्रावन २०७८, शुक्रवार
सुनसरीको हरिनगर गाउँपालिकामा एक तेह्र वर्षिया किशोरी घर भित्रै बलात्कृत भएकी छिन् ।
गएराती कोठा भित्र सुतिरहेको अवस्थामै किशोरीमाथि जबरजस्ती करणी भएको हो ।
घटना सम्वन्धमा पीडित पक्षले प्रहरीमा उजुरी समेत दिएको छ ।
घटना सम्वन्धमा परेको उजुरीका आधारमा प्रहरीले २२ वर्षिय शमशेर अन्सारीलाई पक्राउ गरिएको जनाएको छ ।
पक्राउ परेका व्यक्ति सोही स्थानका रहेको प्रहरीले जनाएको छ ।