दिनेश खड्का खप्तडि
क्वालालम्पुर

२९ श्रावन २०७८, शुक्रवार

मलेसियामा कोरोना सक्रमणवाट एक नेपालीको मृत्यु भएको छ । कन्चनपुर जिल्लाको शुक्लाफाँटा नगरपालिका वडा न ६ घर भई मलेसियामा कार्यरत ४१ वर्षका हर्क वहादुर ऐरको कोरोना सक्रमणवाट मृत्यु भएको हो ।
मेटट्युव एसडिएन विएचडि शाहआलममा कार्यरत रहेको हर्क सात वर्ष अगाडि रोजगारीको लागि मलेसियामा आएका थिए ।
कोरोना सक्रमण देखि पछि उनको केलाङ अस्पतालमा उपचार भैरहेकोमा थियो । उपचारकै क्रममा अगष्ट ७ तारिखका दिन मृत्यु भएको हो । सगै काम गर्ने साथीहरुले दिएको जानकारी अनुसार हर्कमा केहि दिन अगाडि देखि सक्रमण पुष्टि भएको थियो ।
हाल उनको शवलाई केलाङ अस्पतालमा राखिएको छ । परिवारमा श्रीमती दुई छोरी र एक छोरा रहेका छन । कमाउनका गएकाको विदेशमै मृत्यु भएपछि परिवारमा थप समस्या थपिएको छ । घर परिवारले मलेसियामा रहेका सवैलाई सहयोग गरिदिन अपिल समेत गरेका छन ।

आफनैे सहोदर दाई देव सि ऐरले हामि संग टेलिफोनमा भने भाईको घरपरिवारको अवस्था निकै नाजुक छ । मलेसियावाट भाईले खासै पैसा पठाएनन वालवच्चाको लालनपालनमा समस्या पर्ने भएको छ । सहयोग गर्न चाहनेहरुले सम्पर्क न 9848721854 मासम्पर्क गरेर सहयोग गर्न सकिने उनले वताए ।
हर्कका छोराले कक्षा ८ मा र छोरीहरुले क्रमस ६ र ४ कक्षा पढदैछन ।

प्रतिक्रिया

सम्बन्धित खवर