
दिनेश खड्का खप्तडि
क्वालालम्पुर
२९ श्रावन २०७८, शुक्रवार
खै कहाँवाट शुरु गरु जहाँ वाट गरेपनि आखिर वितेको कुरा संझिएर पनि फर्केर आउने कोहि हैन ,खाली मन भुलाउने वाटो मात्रै त हो ।
म धर्मेन्द्र चौरासिया । घर पर्साजिल्लाको पर्सागढि नगरपालिका वडा न ४मा पर्छ, रोजगारीको लागि मलेसिया आएको पनि केहि वर्ष भयो। अहिले मलेसियाको दमनसारामा एउटा कम्पनीमा काम गरिरहेको छु ।
हामि निम्नस्तरका मानिसहरुलाई अहिले जीवन जीउन पनि निकै गाह्रो छ । यहि भएर हामि दुई दाजुभाई पछिल्लो समयमा (भाई सिकेन्द्र चौरासिया) मलेसियामा काम गरिरहेका थियौ । परिवारलाई माथि उठाउन सकिन्छकि भनेर आआफनो ठाउँवाट लागिरहेका थियौ ।
कसरी सम्झु ति दिनहरु जतिवेला हामि सगै हुर्कियो सगै पढयो सगै एउटै थालमा खायौ तर आज मैले भाई गुमाएको छु त्यो पनि परदेशि भुमिमा ।
म दमनसारामा काम गर्छु भाईले निलाईतिर रहेको एउटा कम्पनीमा काम गथ्यो । भाई यो भन्दा अगाडि पनि मलेसियामा काम गथ्र्थाे जव म मलेसिया आए भाईलाई फिसिनमा जान भनेर अनुरोध गरे भाई फिनिसमा पनि गयो ।
भाईको पढाई मेरो भन्दा धेरै राम्रो थियो । विविएस सम्म गरेको थियो ,नेपालमा गएपछि उसले वैकमा काम गर्नपनि थाल्यो तर वैकमा नाम मात्र भयो, दाम भएन दाई भनेर मलाई फोन गर्दथ्यो । दाई म फेरी मलेसिया आउछु भन्थ्यो,मैले जे जति कमाईन्छ नेपालमै गर यता आउन पर्देन भनेर संझाए, तर भाईले मलाई नेपालको कमाईले खान लाउन पनि पुग्दैन वरु मलेसियामै आएर लेवरै भएपनि गर्छु दाई पैसा त हुन्छ भनेर भन्यो मैले पनि भाईको कुरालाई नाई भन्न सकिन ।
भाई मलेसियामा आयो र निलाईमा रहेको कम्पनीका काम गर्न थाल्यो । मेरो भन्दा उसको कम्पनी निकै ठुलो छ । सुपरमार्केट हो । कम्पनीको काम पनि सजिलै छ दाई भनेर वेलावेलामा फोन पनि गरिरन्थ्यो ।
करीव करीव २० दिन जति भयो होला दाई मलाई सन्चो छैन अलिअलि खोकि लागेको छ, कम्पनीले होस्टलमै वस भनेर भनेको छ भनेर मलाई फोन गरेको थियो । मैले पनि आफनो राम्रो सगं ख्याल गर्नु,कोरोना चेक गनु भनेर संझाएको थिए ।
उसले मलाई दाई तीन पटक सम्म कोरोना चेक गराईसकेको छु नगेटिभ आएको छ भनेर भनेको थियो ।
गत हप्ताको सोमवार दाई मलाई अल्ली गाह्रो भएको छ कम्पनीले केलाङ अस्पतालमा भर्ना गरिदिएको छ भनेर तपाई नआत्तीनुहोला भनेर । नेपालमा पनि त्यो दिन फोन गरेर सवैकुरा भनेको रहेछ ।
हामि त्यो रात यस्तै यस्तै कुरा गरेर छुटिटएका हौ । दाई मलाई सन्चो भएपछि घर जानु पर्छ है भनेर भनेको थियो । मैले पनि तिमिलाई पहिला सन्चो होस अनि जाउँला । तिमिले आफनो उपचार राम्रो संग गराउ भनेर संझाएको थिए । उसले आत्तीनु पर्दैन दाई भनेर भनेको थियो ।
गतहप्ताको मंगलवार विहानै फोन गरे भाईले फोन उठाउन । वारम्वार फोन गर्दा पनि फोन नउठेपछि मैले केलाङ अस्पतालमै फोन गरे। अस्पतालवाट सिकेन्द्रर अव यो दुनियामा छैनन रातीको उनको मृत्यु भयो भनेर सुनेपछि म छागाँवाट खसेझै भए ।
हिजो राती त्यस्तरी कुरा गरेको भाई आज के भयो यस्तो मैले सोच्न पनि सकिन । मलाई अझै पनि विश्वासनै लागेको थिएन किनकि भाईले ७ घण्टा अगाडि दाई मलाई ठिक छ चिन्ता नलिनुस भनेर भनेको थियो । मैले अव आफुलाई त संझाउनु थियो तर घरमा वृद्ध भएका वुवा आमा,वुहारी अनी छोराछोरीलाई कसरी भन्ने मलाई निक्कै गाह्रो भयो ।
आखिर हुने हार दैव नटार भनेझै वल्ल तल्ल साहस वटुलेर घरमा फोन गरे । त्यसपछि घरको माहोल अर्के भयो,रुवावासी भयो । कसैले कसैलाई संझाउने अवस्था नै रहेन ।
अव मलाई एक सेकण्ड पनि यहाँवस्न मन छैन । मेलै चाहेर हुन्थ्योभने म यहि कम्पनी वाटै सिधै नेपाल जान्थे तर सवै मेरो वसमा छैन । कम्पनी मालिकले अझै तिमि आठ महिना जति वस तिमिलाई घरमा पनि समस्या छ, आखिर नहुने भैगयो भनेर संझाईरहेको छ तर मलाई एक मिनेट पनि वस्न मन छैन ।
आज वाट मेरो डिउटि छ तर मलाई डिऊटि जान पनि मन छैन । कम्पनीको वोसले धमेन्द्र चिन्ता नलेउ आफैलाई सम्हाल भनेर संझाईरहेको छ तर यो मन कसरी सम्हालिन्छ र खाली घरको मात्र याद आईरहेको छ ।
मैले पनि कोरोनाको पहिलो डोज लिईसकेको छु । अव आउदो पन्ध्र तारिख दोश्रो डोज छ भनेर कम्पनी मालिकले भनिरहेको छ त्यो डोजपनि लिनु छ त्यसपछि त म जसरी भएपनि नेपाल फर्कनेछु ।
मैले मेरो भाईको अन्तिम दाहसंस्कारमा समेत जान पाईन । मेरो कम्पनी मालिकले धर्मेन्द्र तिमि भाईको दाहसंस्कारमा जानेभए जाऊ भनेर भनेको थियो । तर उसले एउटा सर्त पनि राखेको थियो यदि तिमि गयौ भने १४ दिन सम्म क्वारेन्टाईनमा वस्नुपर्छ ।
एक मनले सोचे गएर क्वारेन्टाईनमा वस्छु तर फेरी सोचे भाईको मृत्यु भएको छ दाई पनि क्वारेन्टाईमा छ भन्ने मात्रै वुवा आमा परिवारले थाहा मात्रै पाएभने घरको अवस्था के होला ? लौ अर्काेछोरालाई पनि कोरोना लाग्यो होला भन्ने घरपरिवारले ठान्नुहुन्छ भन्ने लाग्यो र म भाईको अन्तिम दाहसंस्कारमा जान पनि सकिन ।
भाईको दाहसंस्कार हिजो विहिवार केलाङको दाहसस्कार गर्ने ठाउँमा गरियो तर म र १५ किलोमिटर नजिक भएर पनि जान सकिन । दाहसंस्कार गरेको फोटो र भिडियो पठाईदिन्छौ भनेर दाहसंस्कारमा जाने भाईका कम्पनीका साथीहरुले भनेका थिए । उता भाईको शव जलिरह्यो यता म फोटो र भिडियो कुरेर वसिरहे ।
साझँ ५ वजेतिर दाहसंस्कार गर्न थाल्दाको फोटो र भिडियोहरु मैले पाए । त्यो देखेपछि मन साह्रै रोयो । आफु सगै हुर्केको खेलेको खाएको ती भाईका यादहरुले मुटु चिराचिरा भयो । भाईका यादहरु आँखा अगाडि नाचिरहे,आशु रसाए,मन भक्कानियो । तर मेरो रुवाई वुझिदिने कोहि थिएन यो प्रदेशमा आफै सम्हालिए ।
दाहसंस्कार हुदा खेरीको भाईको फोटो र भिडियोहरु साथीहरुले खिचेर पठाएको त मैले पाए तर अस्तु समेत मैले पाईन । भाईको अस्तुपनि लिएर जान नपाउने भए ।
म अव छिटै नेपाल फर्कन्छु । मलेसियामा केहि पनि पैसा पनि कमाएको छु । नेपाल गएर दुई चार पैसा भएपनि आधा पेट भएपनि खाएर वस्छु आफुले जानेको सानोतिनो इलम गर्छु वुवाआमा लाई संझाएर वस्छु तर अव म वैदेशिक रोजगारीको लागि भनेर कुनै देश पनि जादिन । (मृतक सिकेन्द्र चौरासियाको सहोदर दाई धर्मेन्द्र चौरासियासंगको कुराकानीको सम्पादित अंश )