
२९ श्रावन २०७८, शुक्रवार
बाँकेमा कोरोना संक्रमणबाट थप दुईजनाको मृत्यु भएको छ।
मृत्यु हुनेमा बाँके कोहलपुर नगरपालिकाका ४३ वर्षीय पुरुष र कैलाली टिकापुर नगरपालिकाकी ४५ वर्षीया महिलाको मृत्यु भएको जिल्ला जनस्वाथ्य कार्यालयका कोरोना फोकल पर्सन तेज वलीले जानकारी दिए।
नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचारको क्रममा दुवैजनाको आज मृत्यु भएको हो ।
हाल सम्म बाँकेका ३ सय २४ र जिल्ला बाहिरबाट उपचार गराउन पुगेका ३ सय ८७ ननाको कोरोना संक्रमितको मृत्यु भएको छ।