२९ श्रावन २०७८, शुक्रवार

फिफा वरियतामा नेपालले तीन स्थान सुधार गरेको छ ।

नयाँ वरियतामा नेपालले तीन स्थान सुधार गर्दै १६८औँ स्थानमा उक्लिएको हो ।

यसअघि नेपाल १७१औँ स्थानमा रहेको थियो ।

नेपाल दक्षिण एशियाली राष्ट्रको वरियतामा तेस्रो स्थानमा छ ।

नेपालभन्दा अगाडि भारत र माल्दिभ्स रहेको छ । भारत १०५औँ स्थानमा छ भने माल्दिभ्स १५८औँ स्थानमा रहेको छ ।

नेपालभन्दा तल भूटान, बङ्गलादेश, श्रीलङ्का र पाकिस्तान रहेको छ । बङ्गलादेश १८८औँ स्थानमा छ भने भूटान १८७औँ स्थानमा छ । त्यस्तै पाकिस्तान १९८औँ स्थानमा रहँदा श्रीलङ्का २०५औँ स्थानमा छ ।

बेल्जियम फिफा वरियताको शीर्ष स्थानमा छ भने ब्राजिल दोस्रो स्थानमा छ । त्यसैगरी फ्रान्स तेस्रो स्थानमा रहँदा इङ्ग्ल्यान्ड चौथो तथा इटाली पाँचौँ स्थानमा छ । अर्जेन्टिना छैटौँ, स्पेन सातौँ, पोर्चुगल आठौँ, मेक्सिको नवौँ र अमेरिका दशौँ स्थानमा छ ।

प्रतिक्रिया

सम्बन्धित खवर