२८ श्रावन २०७८, बिहिवार

लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्रीको नेतृत्वमा सरकार सहभागि भएका मन्त्रीहरुले पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छन्। सरकारमा सहभागी भएका ६ जना मन्त्रीहरुले प्रदेश प्रमुख अमिक शेरचनबाट सपथ ग्रहण गरेका हुन्।

मुख्यमन्त्रीसहित सात सदस्यीय मन्त्रिपरिषदमा ग्रामीण तथा शहरी विकास मन्त्रीका रुपमा डिल्ली चौधरी, आर्थिक मामिला तथा योजना मन्त्रीका रुपमा कृष्णध्वज खड्का र भौतिक पूर्वाधार विकास मन्त्रीका रुपमा सहसराम यादवले सपथ लिएका छन् । यस्तै अजय शाही, सुमन शर्मा रायमाझी र पुर्मती ढेंगाले विनाविभागीय मन्त्रीका रुपमा सपथ लिएका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर