२८ श्रावन २०७८, बिहिवार
गण्डकी प्रदेशमा ६५४ जनामा कोरोना पुष्टि भएको छ ।
प्रदेश स्वास्थ्य निर्देशनालय पोखराका अनुसार कास्कीका २५५ जना, तनहुँका १०२ जना, गोरखाका ३९ जना, लमजुङका छ जना र नवलपुरका ६३ जनामा कोरोना पुष्टि भएको छ ।
यसैगरी स्याङ्गजाका ५८ जना, पर्वतका २२ जना, बागलुङका ९७ जना र म्याग्दी जिल्लाका १० जनाको रिपोर्ट कोरोना पोजेटिभ आएको जारी विज्ञप्तिमा उल्लेख गरिएको छ।
आज थपिएकासंगै गण्डकीप्रदेशमा कोरोना संक्रमितको कूल संख्या ७४ हजार ५१५ पुगेको छ ।
पछिल्लो २४ घण्टामा गण्डकीबाट ३३२ जना कोरोनामुक्त भएका छन् । योसंगै, प्रदेशमा कोरोनामुक्त हुनेको संख्या ६६ हजार ९०७ पुगेको छ।

बिहीबार गण्डकीमा थप सात जनाको मृत्यु पुष्टि भएको छ । आज मृत्यु पुष्टि हुनेमा सातै जना पोखरा महानगरपालिकाका विभिन्न वडाका छन्।

 

प्रतिक्रिया

सम्बन्धित खवर