
दिनेश खड्का खप्तडि/ क्वालालम्पुर
२८ श्रावन २०७८, बिहिवार
मलेसियामा ज्यान गुमाएका एक नेपालीको विहिवार मलेसियामा अत्येष्ठि गरिएको छ ।
खोटाङ जिल्ला खोटेहाङ गाउँपालिका वडा नम्बर ५, चिप्रुङका रन बहादुर बिष्टको मलेसियाको चेरासमा हिन्दु परम्परा अनुसार अन्त्येष्ठि गरिएको हो ।
अवैधानिक रहेका विष्ट जुलाई १ तारिखदेखि मलेसियाको सेलाङ्गर तामिनजयाको एक होटलमा काम गर्दै आएका थिए ।
होटलमै बसेको ठाउँमै अच्चानक बेहोस भएर ढलेपछि जुलाई ३१ तारिखमा उनलाई उपचारको लागि अस्पतालमा भर्ना गरिएको थियो ।
अस्पतालमा उपचार भैरहेको अवस्थामा उनको मृत्यु भएको हो ।
शवलाई नेपाल पठाउनको लागि नेपाली जनसम्पर्क समिति मलेसियाले पहल गरिरहेको भएपनि पोस्टमार्टम रिपोर्टमा कोरोना पोजिटिभ देखिएपछि शव नेपाल पठाउन सकिएको थिएन ।
नेपालवाट शवलाई मलेसियामै अन्त्येष्टि गर्नको लागि परिवारले मन्जुरी दिएपछि उनको मलेसियामै अन्त्येठि गरिएको जनसम्पर्क समितिका सल्लाहकार राम कुमार चामलिङ्ङ राईले राष्ट्रडेलीलाई जानकारी गराए ।
होटल संचालक रोहित तामाङले राष्ट्रडेली संग भने म कहाँ आउदा उहाँ विरामि जस्तै हुनुहुन्थ्यो धेरै ठाउँमा उपचार पनि गराए उहाँमा सुगर र प्रेसर रहेछ तर निको हुनु भएन, अचानक वसेको ठाउँमा ढल्नुभयो अस्पताल लगियो तर पनि बचाउन सकिएन ।
यो पनि पढनुहोस