२८ श्रावन २०७८, बिहिवार

लुम्बिनी प्रदेशमा आज नयाँ सरकार गठन हुँदैछ। शंकर पोखरेलले मुख्यमन्त्री पदबाट राजीनामा दिएसँगै लुम्बिनी प्रदेशमा नयाँ सरकार गठनका लागि दाबी पेश गर्न प्रदेश प्रमुख अमिक शेरचनले दिउँसो ३ बजेसम्मको समय दिएका छन्।

लुम्बिनीका नेपाली कांग्रेस, माओवादी केन्द्र जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाको गठबन्धन नयाँ सरकारका लागि दाबी पेश गर्न जाने कांग्रेस प्रमुख सचेतक फखरुद्दिन खानले जानकारी दिए। गठबन्धनले मुख्यमन्त्रीमा माओवादी केन्द्र संसदीय दलका नेता कुलप्रसाद केसीलाई प्रस्ताव गरेको छ।

सत्ताबाट बाहिरिएको नेकपा एमालेले भने सरकारका लागि दाबी नगर्ने जनाएको छ। एमाले सांसद तथा पूर्वमन्त्री बैजनाथ चौधरीले आफूहरु प्रतिपक्षमा रहने जनाए।

प्रदेश प्रमुखले आजै मुख्यमन्त्री नियुक्त गर्ने र आजै सपथ समेत गराउने तयारी छ।  प्रदेशसभामा हाल ८० सांसद बहाल रहेकोमा बहुमतका लागि ४१ सिट आवश्यक हुन्छ।

४ दलीय गठबन्धनसँग कांग्रेसका १९, माओवादीका १८, जसपाका ३ र जनमोर्चाका १ गरी ४१ सांसद छन्।

प्रतिक्रिया

सम्बन्धित खवर