२८ श्रावन २०७८, बिहिवार

जबरजस्ती करणी मुद्दाका प्रतिवादीलाई छुटाई दिन्छौ भन्दै रकम ठगी गरेको अभियोगमा पोखरा महानगरपालिका-१८ सराङ्कोट बस्ने ४९ वर्षीय भोजराज त्रिपाठीलाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।
२०७७ फागुन १९ गते जबरजस्ती करणी मुद्धाका प्रतिवादीलाई ‘प्रहरी, वकिल र अदालतसंग सेटिङ छ १ करोड रकम दिए मिलाई दिन्छु नत्र १५ बर्ष जेल जान्छ’ भनी झूठ्ठो आश्वासन तथा बिश्वास दिलाई पीडकबाट १२ लाख रुपैयाँको चेक र नगद १ लाख १० हजार रुपैयाँ लिई ठगी गरेको कसुरमा संलग्न रही फरार रहेका उनलाई प्रहरीले पोखरा महानगरपालिका-१८ सराङ्कोटबाट पक्राउ गरेको हो ।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

यसअघि सोही घटनामा संलग्न रहेका सुर्यलाल खड्का र कमन भन्ने कमान बहादुर तामाङलाई पोखरा महानगरपालिका-१७ राष्ट्रबैंक चोकस्थित खाजाघरबाट प्रहरीले पक्राउ गरेको थियो ।
त्रिपाठीलाई आवश्यक कारवाहीका लागि जिल्ला अदालत कास्कीमा बुझाइएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर