२८ श्रावन २०७८, बिहिवार

पोल्याण्ड सरकारले अवैध ढंगले कामदारको ज्याला दिने परिपाटी बन्द गर्न नयाँ कानुन निर्माण गरिरहेको त्यहाँका संचारमाध्यमहरुले जनाएका छन ।
ऋहिले धेरै जसो कम्पनीहरुले सरकारले तोकेको न्युनतम ज्याला अनुसार मात्र कर दाखिला गरेर अन्य रकम नगदमा दीइराखेको अवस्थामा त्यसलाई अन्त्य गर्न नयाँ श्रम कानुन आउन लागेको जनाईएको छ।
कामदार स्वयमले पनि पोलिश श्रम कार्यालय (लेबर अफिस ) मा आफ्नो कम्पनीले अवैध रुपमा तलब दिएको बारेमा गुनासो र उजुरी दिन सक्ने र त्यस्ता उजुरी गोप्य राखेर कारबाही प्रक्रिया अगाडी बढाउने प्रावधान पनि नयाँ कानुनमा राखिने जनाईएको छ । स्रोतका अनुसार नयाँ बर्ष २०२२ देखि यो नियम लागु हुने छ।

 

प्रतिक्रिया

सम्बन्धित खवर