२७ श्रावन २०७८, बुधवार

कैलालीको भासु भिरमा भएको जीप दुर्घटनामा घाइते ५ जनामध्ये दुई जनाको मृत्यु भएको छ ।
मृत्युहुनेमा कैलालीको चुरे गाउँपालिका– ६ की ३६ वर्षीया दुर्गा साउँद र डोटीको जोरायल गाउँपालिका–१ की ५ वर्षीया एलिसा खड्का रहेका छन ।
प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका अनुसार उपचारका लागि अस्पताल ल्याउँदै गर्दा दुई जनाको मृत्यु भएको हो।
यस्तै दुर्घटनामा जोरायल–१ का जीप चालक रमेश खड्का, २८ वर्षीया निर्मला खड्का र चुरे–६ का सुशिल साउद घाइते भएका छन । घाईतेहरुको स्थानिय अस्पतालमा उपचार भैरहेको छ ।
चुरे गाउँपालिका वडा नम्बर ३ भासु भिरमा प्रदेश ३–०१ ००२३ च ९०५९ नम्बरको जीप भासु भिरमा खसेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। जीप झण्डै तीन सय मिटर तल खसेको छ ।

https://amzn.to/4myfPN5

 

प्रतिक्रिया

सम्बन्धित खवर