२७ श्रावन २०७८, बुधवार

गुल्मीको इस्मा गाउँपालिका वडा नंम्बर ४ का विभिन्न ठाउँमा चटयाङ्ग लागेर ७ जना घाइते भएका छन् ।

दोहलीको पहिरा भन्ने स्थानका अन्दाजी ४२ वर्षीय राम बहादुर गन्दर्भ र छोरा १२ वर्षीय राहुल गन्धर्व चटयाङ्ग लागेर गम्भिर घाइते भएका छन् ।

दोहली ढाँडकी अन्दाजी १७ वर्षीया राधा खत्री, २३ वर्षीया गोमा खत्री र २४ वर्षीय शर्मिला खत्री पनि घाइते भए्रका छन् ।
सोही ठाउँकै मालारानीकी २४ वर्षीय रुपा र ९ वर्षका किस्मत नेपाली पनि चटयाङ्ग लागेर घाइते भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका सुचना अधिकारी प्रहरी नायब उपरीक्षक पुरुषोतम पाण्डेयले जानकारी दिनुभएको छ ।

वडाअध्यक्ष गुनप्रसाद अधिकारीका अनुसार चट्याङ्गले सोही वडाको मालारानीका नारायण बस्नेतका बाख्राहरुमा पनि क्षति पुर्याएको छ । भने घाइतेहरुको उपचारको लागी गुल्मी अस्पताल तम्घास पठाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर