दिनेश खड्का खप्तडि /क्वालालम्पुर

२७ श्रावन २०७८, बुधवार

मलेसियामा एक नेपालीको मृत्यु भएको छ । झापा जिल्ला सतासीधाम १० घर भई मलेसियाको मेगनुस फोर्स सेक्युरिटिमा कार्यरत ४८ वर्षि टंक प्रसाद गौतमको मृत्यु भएको हो ।
मलेसियामा रहेका आफन्त रोशन वजगाईले दिएको जानकारी अनुसार गौतम मलेसियाको सनवेगो सनवेसिटिमा कार्यरत रहेका थिए । गौतम केहि दिन अगाडि देखि विरामि विरामि  थिए ।
अगष्ट २३ तारिखका दिन गौतमले कोरोनाविरुद्धको पहिलो खोप पनि लगाएका थिए । विस्तारै ज्वरो पनि  आएको भएपनि आफनो डिउटि गरिरहेका थिए । अगष्ट २७ तारिख देखि भने ज्वरो झन वढेपछि क्वारेण्टाईनमा वसेको गौतमलाई कम्पनीले अगष्ट ३१ तारिखका दिन शाहआलम अस्पतालमा लगेर भर्ना गरेको थियो ।
अस्पतालमा उपचार भैरहेको अवस्थामा मंगलवार गौतमकोे मृत्यु भएको हो । गौतम चार वर्ष अगाडि टस्ट नेपाल ओभरसिज प्रालीवाट रोजगारीको लागि मलेसिया आएका थिए । मृतक गौतमको परिवारमा श्रीमती एक छोरा र दुईछोरी रहेका छन । वुधवार दिउसो आएको रिपोर्टमा उनको शरीरमा पहिलादेखिनै कोरोना सक्रमण भैसकेको उल्लेख छ ।

प्रतिक्रिया

सम्बन्धित खवर