२७ श्रावन २०७८, बुधवार
न्यूयोर्कमा मिस नेपाल अमेरिका आयोजना गरिने भएको छ । सेप्टेम्बर २३ देखि २५ सम्म न्यूयोर्कमा कार्यक्रम गर्न थालिएको आयोजक संस्थाले जानकारी गराएका छन ।
अमेरिकामा बसोबास गर्दै आएका नेपाली युवतीहरुले मिस नेपाल युएसको आधिकारिक वेबसाइट  http://www.missusnepal.comवा मिस नेपाल यूएस २०२१ का आयोजकसँग सम्पर्क गरेर आफ्नो आवेदन बुझाउन सक्ने छन । आवेदन दर्ता १ सेप्टेम्बर,२०२१ सम्म गर्न सकिने भएको छ ।
मिस नेपाल युएस २०११ मा न्यूयोर्क शहरबाट सुरु भएको थियो र निरन्तर भैरहेको छ । आयोजक संस्थाले मिस नेपाल समेत रहिसकेकी माल्भिका सुब्बालाई प्रतिस्पर्धाको मुख्य प्रशिक्षकका रुपमा नियुक्त गरिएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर