
२७ श्रावन २०७८, बुधवार
गैर आवासीय नेपाली संघ, स्पेनको प्रवक्तामा लक्ष्मण खत्री चयन भएका छन ।
नयाँ कार्यसमितीको पहिलो बैठकले खत्रीलाई प्रवक्तामा चयन गरेको हो ।
खत्री यसअघि नेपाली जनसम्पर्क समिती स्पेनका समेत प्रवक्ता थिए ।
यस्तै संघको बैठकले दिपक परियार र जित बहादुर कुमाललाई सदस्यमा मनोनयन गरेको छ ।
साथै बैठकले संघको भवन खरिद योजनालाइ यसै कार्यकालमा पूर्णता दिने निर्णय गर्दै त्यसका लागि संघका अध्यक्ष शालिकराम डुम्रे संयोजकत्वमा समितिको समेत चयन गरेको छ ।