२७ श्रावन २०७८, बुधवार

अवैधानिक श्रमिकहरु रहेको आशंकामा मलेसियाको शाहआलममा छापा हानेको छ ।
मलेसियाका संचारमाध्यमहरुका अनुसार मलेसियन प्रहरी,केडिएन,जेटिके सगं मिलेर त्यहाँको आप्रवासन विभागले छापा हानेको हो ।

https://amzn.to/4myfPN5

सोमवार दिउसो देखि औधोगिक क्षेत्रमा छापा हान्दा  १सय ११ जना पक्राउ परेका छन ।

पक्राउ परेका मध्ये १०६ जना पुरुष र ५ जना महिला रहेका छन ।

छापामा कुन कुन देशका समाईएका छन भनेर उल्लेख गरिएको छैन ।

अध्गागमनको नियम उलघंन गरेको ओरोपमा उनीहरुलाई पक्राउ गरिएको उल्लेख छ ।मलेसियामा करीव ४ लाखको हाराहारीमा नेपाली श्रमिकहरु रहेको अनुमान गरिदै आएको छ ।
मलेसियामा रहेको नेपाली दुतावासले अवैधानिक अवस्थामा मलेसियामा नवस्न अनुरोध गरिरहेको छ ।

मलेसियाले अवैधानिक श्रमिकहरुलाई घर फर्कनको लागि सजिलो वातावरण वनाईरहेकोले घर फर्कन दुतावासले वारम्वार नेपालीहरु सगं अनुरोध गरिरहेको छ ।

फोटो :अध्यागमन विभाग मलेसिया

प्रतिक्रिया

सम्बन्धित खवर