२६ श्रावन २०७८, मंगलवार

दक्षिण चीनको गाङ्सी झुआङको बिहाई नगरको तटीय इलाकामा डुङ्गा दुर्घटना भएको छ ।

https://amzn.to/4myfPN5

दुर्घटनामा परेर आठ जनाको मृत्यु भएको छ । यसैगरी १३ जना घाइते भएका छन् ।

स्थानीय अधिकारीहरुका अनुसार माछा मार्न प्रयोग गरिएको उक्त डुङ्गामा ६१ जना सवार रहेका थिए ।
समुद्रमा माछा मारेर फर्कने क्रममा उक्त डुङ्गा दुर्घटनाग्रस्त भएको थियो ।
घाइतेहरुलाई स्थानीय अस्पतालमा भर्ना गरिएको छ ।
ज्यान जोगाउन समुद्रमा हाम फालेका अन्य व्यक्तिलाई सकुशल उद्धार गरिएको थियो ।

डुङ्गामै सवार डुङ्गाका मालिकलाई स्थानीय प्रहरीले पक्राउ गरेको छ ।

उक्त दुर्घटनाका बारेमा स्थानीय प्रशासनले छानबिन शुरु गरेको छ

 

प्रतिक्रिया

सम्बन्धित खवर