
दिनेश खड्का खप्तडि
क्वालालम्पुर
२६ श्रावन २०७८, मंगलवार
मलेसियामा कोरोना सक्रमणवाट पाल्पाका एक नेपालीको मृत्यु भएको छ ।
मृत्यु हुनेमा पाल्पा साविकको फेक छ का ४३ वर्षिय विनोद कुमार सार्कि रहेका छन ।
लुम्विनी दर्शन मेनपावरवाट ६ वर्ष अगाडि रोजगारीमा मलेसिया पुगेका विनोद मेगाफम कन्टेनर्स इण्टरप्राईसेसमा कार्यरत रहेका थिए ।
करीव दश दिन देखि विनोदमा कोरोना सक्रमण देखिएको कम्पनीमा सगै काम गर्ने नेपाली साथीहरुले जानकारी गराएका छन ।
कम्पनीले केलाङ अस्पतालमा लगेर उपचार गराईरहेको अवस्थामै मंगलवार विहान मृत्यु भएको हो ।