२६ श्रावन २०७८, मंगलवार

एनआरएनए पोर्चुगलको आठौ अधिबेशन र निर्वाचनको बिषयलाई लिएर संघभित्र विवाद चुलिएको छ ।
संघको १ अगस्टमा भएको निर्वाचनमा ४ क्षेत्रहरुमध्ये लिस्बनमा मात्रै निर्वाचन सम्पन्न हुनसक्यो र बाँकी तीन क्षेत्रहरु अलेन्तेजो, अल्गार्भ र नर्थमा निर्वाचन रद्ध भएको थियो ।

https://amzn.to/4myfPN5

संघले सोमवार राती १२ बजेर २१मिनेट जादाँ सुचना निकालेर आज निर्वाचन हुने जनाएको थियो तर त्यसको ३ घण्टा नबित्दै फेरी २ बजेर ५९ मिनेट मिनेटमा सुचना निकालेर निर्वाचन नहुने वताएको थियो ।
यसरी तीन घण्टाको फरकमा सुचना फेरीएर आएपछि मतदाताहरु अन्यौलमा परेका छन । निर्वाचनको बिषयलाई लिएर असन्तुष्ट पक्ष र संघबिच विवाद हुदै आएतापनि अहिले आएर निर्वाचन समिति र संघ समेत नै तालमेल नमिलेको देखिन थालेको छ ।

निर्वाचन र मतदानको बिषयमा असन्तुष्ट रहेका एक पक्षले संघको कार्यालयमा २ दिन अगाडि लगाईदिएको ताला खोलिएको छैन ।

 

प्रतिक्रिया

सम्बन्धित खवर