२६ श्रावन २०७८, मंगलवार
म्याग्दीको बेनी नगरपालिका–८,न्युरोड स्थित दुई वटा पसलमा आगलागि भएको छ ।
जिवन विश्वकर्माको घरमा संचालन भएको नयन स्टोर्स र रघुगंगा डेरी पसल आगलागिबाट पुर्ण रुपमा नष्ट भएको छ ।
मंगलबार बिहान करिब २ बजेदेखि सुरु भएको आगलागि करिब ४ बजे नियन्त्रणमा लिइएको थियो ।
बेनी नगरपालिकाको एक र बागलुङ नगरपालिकाको दुई वटा दमकल ,प्रहरी सशस्त्र प्रहरी ,नेपाली सेना र बजारबासीको सहयोगमा आगलागि नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । आगलागिबाट एक करोड रुपैयाँ बराबरको क्षती भएको सञ्चालकहरुले प्रहरीलाई बताएका छन् ।










