२६ श्रावन २०७८, मंगलवार

मालपोतमा काम गर्ने ५ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि मालपोत कार्यालय पाल्पाका सम्पूर्ण सेवा वन्द भएका छन ।

मंगलबार देखि  साउन ३२ गते सोमबारसम्म कार्यालय बन्द रहने निमित्त प्रमुख इविन्द्रराज बस्यालले बताए तर आन्तरिक काम भने भैरहने छ ।
कोरोना संक्रमणबाट एक कर्मचारीको स्वास्थ्यावस्था गम्भीर भएपछि हेलिकप्टरमार्फत थप उपचारको लागि काठमाडौंस्थित शिक्षण अस्पतालमा लगिएको छ।
अन्यलाई लक्षण देखिएपनि अवस्था सामान्य रहेको बस्यालले बताए।

 

प्रतिक्रिया

सम्बन्धित खवर