
दिनेश खड्का खप्तडि/क्वालालम्पुर
२६ श्रावन २०७८, मंगलवार
कोरोना सक्रमणको कारण मलेसियामा मृत्यु भएका सिन्धुली फिक्कल गाउँपालिका वडा न ६ का टंक राउतको मलेसियामै अत्यष्ठि गरिएको छ । मलेसियामा सेक्युरिटि गार्डको रुपमा रहेको अवस्थामा टंकमा कोरोना सक्रमित भएका थिए । मलेसियाको काजाङ अस्पतालमा उपचारक्रकै क्रममा जुलाई २१ तारिखका दिन उनको मृत्यु भएको थियो ।
टंक मलेसियामा करीव सात वर्ष देखि कार्यरत रहेका थिए । शवलाई सोमवार अगष्ट ९ तारिखमा काजाङमा रहेको शवगृहमा अन्त्येष्ठि गरिएको छ । टंकको परिवारमा दुई छोरा र एक छोरी रहेका छन ।