२५ श्रावन २०७८, सोमवार

दाङमा खोलाले बगाउँदा आमा छोराको मृत्यु भएको छ ।

सोमबार दिउँसो ग्वार खोलाले बगाउँदा तुलसीपुर उपमहानगरपालिका वडा नं. ४ सिम्लेनी निवासी ३५ बर्षीया अम्रिता घर्ती र उनका २ बर्षीय छोरा रुद्र घर्तीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरिक्ष मुकुन्द रिजालले बताए ।

सिम्लेनीबाट पतेनी जाँदै गर्दा ग्वारखोलाको पतेनी घाट तर्ने क्रममा खोलाले बगाएर आमा छोराको मृत्यु भएको हो ।

उनीहरुको खोजी भैरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर