
२५ श्रावन २०७८, सोमवार
पाल्पामा थप ८९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै पाल्पामा कोरोना परीक्षण भएर संक्रमित हुनेको संख्या ८ हजार ८ सय ४ पुगेको छ ।
पाल्पामा अहिले ४८२ जना कोरोनाका सक्रिय संक्रमितहरु रहेका छन् जसमा ४ सय १३ जना होम आइसोलेशनमा, ३१ जना एचडियूमा, ३४ जना आइसोलेशन सेन्टरहरुमा उपचार भइरहेको छ ।
पाल्पामा अहिलेसम्म १ सय २८ जना कोरोना संक्रमितहरुको निधन भइसकेको छ भने ८ हजार १ सय ९४ जना निको भएर घर फिर्ता भएका छन् ।
२४ घण्टामा थप ३० जना निको भएर घर फिर्ता भएका छन् ।