२५ श्रावन २०७८, सोमवार
गोरखामा ५ बर्षिया बालिका बलात्कार गरेको आरोपमा ७२ बर्षिय एक बृद्धलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा अजिरकोट गाउँपालिका घर भएका लेखनाथ खनाल रहेका छन ।
पक्राउ परेका खनालले मादक पर्दाथ सेवन गरी बालिकालाई जबरजस्ती करणी गरेको भनि पिडित बालिकाको आमाले दिएको उजुरीको आधारमा खनाललाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
बालिकाले घटनाको बारेमा आमालाई जानकारी गराएपछि घटना सार्वजनिक भएको हो । खनाललाई जिल्ला अदालत गोरखाबाट आइतबार ७ दिनको म्याद थप गरि अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक एवं सूचना अधिकारी प्रकाश दाहालले बताए ।









