२५ श्रावन २०७८, सोमवार

नेकपा एमालेले आगामी भदौ २७ र २८ गते विधान अधिवेशन गर्ने निर्णय गरेको छ ।

आज बसेको एमालेको केन्द्रीय कमिटिको बैठकले स्थायी कमिटिले गरेको प्रस्ताव अनुमादेन गर्दै विधान अधिवेशन गर्ने निर्णय गरेको हो ।

आजको बैठकले विधान महाधिवेशनका निम्ति ४ वटा समिति गठन गर्ने निर्णय गरेको छ ।

प्रवक्ता प्रदिप ज्ञवालीका अनुसार अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा राजनीतिक प्रतिवेदन मस्यौदा कमिटी, महासचिव ईश्वर पोखरेलको नेतृत्वमा संगठनात्मक प्रस्ताव मस्यौदा समिति, उपमहासचिव विष्णु पौडेलको नेतृत्वमा विधान संसोधन प्रस्ताव मस्यौदा र रामबहादुर थापाको नेतृत्वमा व्यवस्थापन कमिटी गठन गर्ने निर्णय गरेको छ ।

त्यस्तै अहिले कायम रहेको स्थायी कमिटी नराख्ने,अब केन्द्रीय कमिटी र पोलिटव्यूरो रहने र सानो खालको सचिवालय रहने प्रस्ताव केन्द्रीय कमिटी बैठकले पारित गरेको छ ।

एमालेले पार्टी अध्यक्ष वा अन्य तहका अध्यक्ष मात्रै प्रत्यक्ष निर्वाचित हुने र अन्य सबै पदाधिकारी मनोनयन गर्ने व्यवस्था समेत विधानमा व्यवस्था गर्ने प्रस्ताव गरेको छ । केन्द्रीय कमिटीले पारित गरेको विधान आगामी बुधबारसम्म सबै स्थानीय तहमा पठाएर एक महिनाभित्र विधान संसोधनको प्रस्ताव केन्द्रमा पठाउन निर्देशन दिने निर्णय समेत गरेको छ ।

अहिले कायम रहेको १५९ केन्द्रीय कमिटीको संख्या बढाएर २ सय २५ सदस्यीय केन्द्रीय कमिटी बनाउने प्रस्ताव समेत बैठकले पारित गरेको छ ।

बैठकले सरकारले भूमिसमस्या सम्बन्धी आयोग खारेज गर्ने सरकारी निर्णयको विरोध समेत गरेको छ । न्यूनतम साझा कार्यक्रममा समावेश गरिएका कतिपय बुँदाको समेत एमालेले विरोध गरेको छ ।

त्यस्तै कोरोनाविरुद्धको खोप वितरणमा समेत सरकार असफल भएको एमालेले निष्कर्ष निकालेको छ । १ करोड ६० लाख डोज यसअघिकै सरकारले सुनिश्चित गरेको भएपनि अहिलेको सरकारले नेपाल आएको खोप समेत वितरण गर्न नसकेको प्रवक्ता ज्ञवालीले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर