२५ श्रावन २०७८, सोमवार
स्याङ्जा वालिङवाट ११ जना जुवाडेहरु पक्राउ परेका छन । जिल्लाको वालिङ नगरपालिका ९ क्याम्पस रोड डेरा गरी बस्ने ख्यामबहादुर थापाको कोठामा तास खेलिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
तास खेलिरहेको कोठाका ३२ वर्षीय रुकबहादुर थापा लगायत ११ जनालाई प्रहरीले पक्राउ गरेको हो ।
थापाका् कोठामा जुवातास खेलिरहेको भन्ने विशेष सूचनाको आधारमा वडा प्रहरी कार्यालय वालिङबाट खटिएको प्रहरीले उनीहरुलाई नगद ३५ हजार ९ सय ५० रुपैयाँ र ९ गड्डी तास सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।









