२५ श्रावन २०७८, सोमवार

प्रहरीले काठमाडौंबाट जुवातास खेलिरहेको अवस्थामा ६ जनालाई पक्राउ गरेको छ। आइतबार साँझ काठमाडौं काठमाडौं महानगरपालिका–१० मध्य वानेश्वरबाट जुवातास खेलिरहेको अवस्थामा ६ जना पक्राउ परेका छन्।

स्थानीय रामकृष्ण केसीको घरमा तास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने रामेछाप खाँडादेवी गाउँपालिका–५ घर भएका ३६ वर्षीय हेम कार्की लगायत ६ जनालाई प्रहरीले पक्राउ गरेको हो। केसीको घरमा जुवातास खेलिरहेको भन्ने सूचनाको आधारमा महानगरीय प्रहरी बृत्त बानेश्वरबाट खटिएको प्रहरीले उनीहरुलाई नगद ४ लाख ४८ हजार ५ सय रुपैयाँ र ६२ बुक ताससहित पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर