दिनेश खड्का खप्तडि
क्वालालम्पुर

२५ श्रावन २०७८, सोमवार

मलेसियामा आईतवार ६४ जना विदेशिमुलक नागरीकहरुले कोरोनाका कारण ज्यान गुमाएका छन ।

मलेसियामा आईतवार कोरोना सक्रममणवाट मृत्यु भएका  ३६० मध्ये ६४ जना विदेशि नागरीकहरु रहेको मलेसियाका संचारमाध्यमहरुले जनाएका छन । यधपि उनीहरु कुन कुन मुलुकका हुन भनेर भने खुलाईएको छैन ।

मलेसियामा कोरोना सक्रमणवाट हाल सम्म १० हजार ७सय ४९ जनाको मृत्यु भैसकेको  छ ।
मलेसियामा हाल विदेशि श्रमिकहरुमा सवैभन्दा वढि इण्डोनेसियाका छन ।  यसपछि वंगलादेश,नेपाल फिलिफिन्स,म्यानमार लगायतका देशहरु रहेको अनुमान गरिदै आएको छ ।

कोरोना सक्रमण देखिएका गोर्खाका एक नेपालीले आईतवार झुण्डिएर आत्महत्या गरेका थिए ।

 

प्रतिक्रिया

सम्बन्धित खवर