
दिनेश खड्का खप्तडि/ क्वालालम्पुर
२३ श्रावन २०७८, शनिवार
कुरा अहिलेको होइन दुई दशक भन्दा अगाडिको हो जतिवेला खोटाङका डम्वर वैदेशिक रोजगारीको लागि भन्दै मलेसिया आईपुगे ।
मलेसियामा उनी पुग्दा नेपाली दुतावासनै थिएन । नत सिधै जान सकिन्थ्यो । थाईल्याण्डको वाटो हुदै डम्वर मलेसिया झुल्किए ।
नेपालीहरु फाटटफुट मात्रै थिए । कोहि नेपाली भेटिहालेमा सवै वेलिविस्तार हुन्थ्यो । गाउँको मात्रै नभएर देशकै कुरा हुथ्यो । अहिलेजस्तो फेशवुक,इमो,भाईभर,वाट्सप थिएन, थियो त केवल टेलिफोन । तर पनि कामगर्न गएका डम्वरहरुको पहुच भन्दा टेलिफोन पनि धेरै टाढा थियो ।
परिवारको जेठो छोरा हुन वागसिला १ खोटाङका डम्वर वहादुर भुजेल । भुजेल २१ वर्ष अगाडि कमाउन भन्दै ११ जनाको परिवारलाई नेपालमै छाडेर मलेसिया आए । तर मलेसियाले के सारो मोहनी लगायो उनले जन्मदिने आमावुवा अनि भाईवैनी छरछिमेक र इटमित्र विर्सिए ।
मलेसिया आएपछि डम्वरले परिवार त विर्सिए तर परिवारले भने डम्वरलाई कहिले पनि विर्सिएन । छोरा आउला भन्ने आशैआशामा वसेकि आमाको निधन भयो हजुर आमाको पनि निधन भयो ,तर डम्वर फर्किएनन । विदेश गएपछि शुरु वेलामा सत्तरी हजार रुपैया पठाए । चिठिमा हालेर मलेसियामा खिचेको फोटो पठाए । परिवार त्यहि फोटो मात्रै हेरेर वसिरहे । भाईहरु छुटिटभिन्द भए,वैनीहरु विहे गरेर आफना आफना घरमा गए तर डम्वरको मन फेरिएन ।
डम्वर कहिले कहाँ काम गर्थे कहिले कहाँ । मलेसियाको सावा र सारवाक वाहेकका सवै क्षेत्र उनले चाहारे । कहिले सेक्युरिटिमा काम गर्न पुगे कहिले कम्पनीमा त कहिले प्लानटेसनमा जहाँ काम गरेपनि एक पैसा पनि वचाएनन । कमाएको जति सवै खाईखर्चमै सिध्याए । परिवार छन भन्ने उनले विर्सिए ।
मलेसियामा अलपत्र परेको देखेपछि साथीहरुले उनलाई नेपाल फर्काउन धेरै पटक प्रयास गरे तर उनी फर्किएनन । पछिल्लो पटक उनी दुर्घटनामा परे । साथीभाई मिलेर सुगाईवुलो अस्पतालमा पुरयाए । उनको दाहिने तिरको टाउँकोको आधाभाग नै निकालियो (जुन अहिले पनि सुगाईवुलो अस्पतालमै छ) ।
अस्पतालवाट कस्ले निकाल्यो थाहा नै छैन उनलाई । फेरी उनी क्वालालम्पुरमा देखा परे । अस्पताल पुरयाएका साथीहरु उनलाई देखेर छक्क परे । खैत तिम्रो आधा टाउको उनको जवाफ हुथ्थो खै अस्पतालमा त होलानी,मलाई के थाहा । जतिवेला डम्वरलाई अप्ठेरो पर्दथ्थो उनी राज श्रेष्ठकहाँ पुग्ने गर्दथे । राजले उनलाई अप्ठेरो अवस्थामा पर्दा धेरै पटक सहयोग गरेका रहेछन ।
अस्पतालमा लगेपछि पछिल्लो पटक मलेसियामा रहेका साथीहरुले रवि लामिछानेले त्यो वेलामा सन्चालन गर्ने सिधा कुरा जनता संग कार्यक्रममा उनको वारेमा कुरा राखे । उनको अवस्थाको वारेमा सवैकुरा टेलिभिजनमा देखिएपछि नेपालमा रहेका परिवारमा केहि आशा पलायो ।
अव त डम्वर नेपाल फर्कन्छन कि तर उनी नेपाल फर्किएनन । आजभन्दा दुई वर्ष अगाडि तिहारको फुलपातिको दिन थियो त्यो दिन डम्वरले आफनो वहिनीलाई नेपालमा फोन गरेर आउछु भन्ने सम्मको वाचा गरेका थिए तर आएनन ।
डम्वर अलपत्र अवस्थामा छन भन्ने खवर नेपाली राजदुतावास क्वालालम्पुर सम्म पुग्यो । नेपाली दुतावास मलेसियाले डम्वरको खोजीनिति गर्न शुरु गरयो वल्लतल्ल दुतावासको अथक प्रयास पछि डम्वर २१ वर्ष पछि शनिवार नेपाल पुगे ।
नेपालमा उनलाई लिन आफनो सहोदर वहिनी उमा त्रिभुवन अन्तराष्टिय विमानस्थलमा दाजुलाई कुरेर वसिन । जतिवेला डम्वरले उनलाई तातेताते गर्ने वेलामा छाडेर मलेसिया आएका थिए । मलेसियावाट आएको नेपाल एयरलाइन्सको जहाजवाट सवैयात्रु निस्किए र आआफनो गन्तब्य तिर लागे तर उनले आफनो दाजुलाई चिन्न सकिनन र निराश भएर फर्किन ।
पिएनसिसि भन्ने संस्थाले अहिले डम्वर लाई एयरपोर्टवाट रिसिभ गरेर होटल क्वारेन्टाईनमा राखेको छ । अहिले भने टेलिफोनमा दुई भाईवैनाको कुरा भयो । भोली आईतवार विहानै दाजुवैनीको भेट हुने साईत जुरेको छ ।