
दिनेख खडका खप्तडि
क्वालालम्पुर
२३ श्रावन २०७८, शनिवार
मलेसियामा आज मात्र १९ हजार २सय ५७जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
मलेसियान सरकारले सार्वजनिक गरेको तथ्याङ्कअनुसार पछिल्लो २४ घण्टामा २ सय १० जनाको मृत्यु भएको छ ।
हाल सम्म मृत्यु हुनेको कुल संख्या १० हजार ३सय ८९ जना पुगेको छ ।
यस्तै आज सन्चो भएर घर फर्किनेको सङ्ख्या १६ हजार ३सय २३ जना रहेको छन भने हाल सम्म १० लाख ९ हजार ३सय ४३ जना निको भएर घर फर्किएका छन् ।
आईसुलेसनमा एक हजार ९७ जनाको उपचार भैरहेको छ भने ५सय ७५ जनालाई भन्टिलेटेरमा राखिएर उपचार भैरहेको छ ।
हाल सम्म कोरोना संक्रमण पुष्टि हुनेको कुल संख्या १२लाख ४३ हजार ८सय ५२जना पुगेको छ ।