दिनेश खड्का खप्तडि/क्वालालम्पुर

२२ श्रावन २०७८, शुक्रवार

मलेसिया सरकारले आफनो देशमा अवैधानिक वसेकाहरुलाई स्वदेश फर्काउन सहज वातावरणहरु मिलाईरहेको छ ।
यसैसन्दर्भमा अवैधानिक भएर मलेसियामा वसिरहेकाहरुले पनि अव सजिलै घर फर्कन सक्ने भएका छन ।
अव घर फर्कन चाहनेले पासपोर्ट या टाभल डकुमेण्ट, टिकट र कोरोना टेस्टको (पिसिआर) नेगेटिभ भएको रिपोर्ट लिएर सिधै एयरपोर्टमा २४ घण्टा अगाडि जान सकिने छ ।
एयरपोर्टमा अवैधानिक वसेवापतको आरएम ५०० बराबरको रकम भएको क्रेडिट कार्ड, डेबिट कार्ड वा टच एन्ड गो कार्ड वाट पैसा वुझाउनु पर्नेछ ।
यस अघि चेकआउटो मेमोको नाममा विभिन्न एजेण्ट र विचौलियाहरु समातेर मात्रै काम हुने गरेको थियो ।आफैले चेक आउट मेमो निकाल्नको लागि निकै सास्ती खेप्नु पर्ने अवस्था थियो ।

कोरोना सक्रमण वढिरहेकोले अफिसवाट कार्यसन्चालन गर्न  असहज भएकोले घर फिर्तिका सम्पुर्ण काम एयरपोर्टमा खोलिएका थप इमिग्रेसन काउण्टरहरुवाट भैरहेको मलेसियाको संचारमाध्यमहरुले जनाएका छन ।

यो व्यवस्था आउदो डिसेम्बर ३१ सम्म लागु गरिएको मलेसियाको संचारमाध्यमहरुले उल्लेख छ।

 

प्रतिक्रिया

सम्बन्धित खवर