२२ श्रावन २०७८, शुक्रवार

कतारमा आजवाट केहि खुकुलो हुने भएको छ ।

https://amzn.to/4myfPN5

कतारको स्वास्थ्य मन्त्रालयका अनुसार आजवाट सवैउमेर समुहका मस्जिद जान पाउनेछन । कोरोनाबिरुद्धको दुबै डोज खोप लगाएकाहरू ३५ जनासम्म भेला हुन,खेलकुद प्रशिक्षण गर्न पाउने छन्।

यसैगरी सम्पूर्ण सपिङ मलका चेन्जिङ रुमहरू खुला गर्न पाइनेछ भने २० प्रतिशतसम्म क्षमतामा खोप लगाएका ग्राहकहरुले रेस्टुरेन्टमा बसेर खान पाउने छन् ।

कतारमा पछिल्लो २४ घण्टामा १८१ जनामा नयाँ संक्रमण भेटिएको छ । संक्रमणबाट अहिलेसम्म ६०१ जनाको मृत्यु भएको छ ।

कतारमा करीव तीन लाख नेपाली श्रमिकहरु रहेको अनुमान गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर