२२ श्रावन २०७८, शुक्रवार

अर्जेन्टिनी राष्ट्रिय फुटबल टोलीका कप्तान लियोनल मेस्सी बार्सिलोनामा नबस्ने पक्का भएको छ । बार्सिलोनाले आज आधिकारिक विज्ञप्ति सार्वजनिक गर्दै मेस्सीले अर्को सिजन नखेल्ने जनाएको हो ।

क्लबको विज्ञप्ति अनुसार बार्सिलोना र मेस्सी दुवै एक आपसमा नयाँ सम्झौतालाई लिएर सहमत भएपनि लिगको नियम अनुसार अनुबन्धन सफल हुन सकेन । ला लिगाको नयाँ नियम अनुसार मेस्सी र क्लबबीच सहमति भएको तलब र सम्झौता मान्य नरहेको बुझिएको छ ।

३४ वर्षीय फरवार्ड अब कहाँ जान्छन् भन्ने कौतुहलता बढेको छ । मेस्सी कोपा अमेरिका जितेपछि छुट्टि सकेर विहीबार बार्सिलोना पुगेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर