२१ श्रावन २०७८, बिहिवार

वैदेशिक रोजगार विभागले इजरायलमा पठाइने कामदार प्रक्रिया बारे सामाजिक सञ्जालमा आएका भ्रमपूर्ण खबरप्रति सजग रहन सवैमा आग्रह गरेको छ ।

https://amzn.to/4myfPN5

सरकारले  इजरायलमा रोजगारीका लागि पठाउन अनलाइन विज्ञापन प्रकाशन गरिसकेको सन्दर्भमा केही व्यक्तिहरुले सामाजिक सञ्जाल प्रयोग गरी आवेदन दिने व्यक्तिहरुलाई प्रलोभनमा पारी भ्रम फैलाई रकम उठाउने कार्यभैरहेको भन्दै विभागले विज्ञप्तीमार्फत सजग रहन आग्रह गरेको हो ।

विभागले इजरायलका स्याहार केन्द्रहरुमा पठाइने कामदारको छनौट प्रक्रियामा केवल नेपाल सरकार र इजरायल सरकारबीचको सम्झौता अनुसार छनौट हुने जनाउँदै कुनै पनि निजीक्षेत्र, म्यानपावर कम्पनी, कन्सल्टेन्सी, एजेन्सी एवम् व्यक्तिको कुनै पनि प्रकारको संलग्नता नरहने स्पष्ट पारेको जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर