२१ श्रावन २०७८, बिहिवार

धनगढी,आगोमा परेर सख्त घाइते भएकी कृष्णपुर नगरपालिका–१ वण्डकी नौ वर्षीया बालिका मनिषा भण्डारी उपचार नपाउँदा घरकै ओछ्यानमा छटपटाउन बाध्य छिन्।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

गत आइतबार बिहान घरमै मकै पोल्ने क्रममा आगोमा परेर भण्डारी सख्त घाइते भएकी हुन्। तत्कालै स्थानीय बासिन्दाको सहयोगमा बालिकालाई उपचारका लागि नजिकैको अस्पतालमा उपचारार्थ भर्ना गरिएको थियो।

बालिकाको अवस्था निकै चिन्ताजनक भएपछि अस्पतालले बाँकेको कोहलपुरस्थित मेडिकल कलेजमा उपचारका लागि लैजान सिफारिश गरेपनि अर्थाभावले परिवारले अस्पताल पु¥याउन सकेका छैनन्। बालिकाका बुवाआमा असक्त अवस्थाका छन्। मनिषाका ठुलोबुवा पुष्कर भण्डारीले उपचार खर्च जुटाउन नसक्दा घरमै राख्नुपरेको बताए।

“घरमा दैनिक हातमुख जोर्न धौधौ छ”, उनले भने, “बालिकाका आमाबुवाको अवस्था पनि उस्तैछ। कहीँकतैबाट सहयोग छैन। उपचार खर्च जुटाउन नपाउँदा घरमै राखेका छौँ। उपचार नपाएरै छोरी मर्ने भइ।” बालिका कालिका आधारभूत विद्यालयमा कक्षा ४ मा अध्ययनरत छिन्। घाइते बालिकाका अभिभावकले उपचार खर्च जुटाई सहयोग गरिदिन दातृ निकायसँग आग्रह गरेका छन्।रासस

प्रतिक्रिया

सम्बन्धित खवर