दिनेश खडका खप्तडि/क्वालालम्पुर

२१ श्रावन २०७८, बिहिवार

गैर आवासिय नेपाली संघ मलेसियाले एक सुचना जारी गर्दे कोरोना सक्रमणवाट आफु वच्न र अरुलाई पनि वचाउनको लागि स्वास्थको सवै मापदण्ड पालना गर्न मलेसियामा रहेका नेपालीहरुलाई आग्रह गरेको छ ।
मलेसियामा कोराना सक्रमण वढिरहेको अवस्थामा नआत्तीन र लागिहालेमा पनि सकारात्मक सोच र आत्मवल वलियो वनाउदै खानामा विशेष ध्यान दिन अनुरोध गरेको छ ।
कोरोना सक्रमण देखिनासाथ लौ खत्तमै भयो भन्दै आत्तिने गर्ने गरेको देखियो त्यस्तो नगरी स्वास्थको मापदण्ड अपनाएर मनोवल उच्च गराउन समेत अनुरोध गरिएको   छ ।
कोरोनाका कारण समस्या परिरहेको भएमा एनआरएन मलेसियालाई संझन अनुरोध गर्दै आवश्यक सक्दो सेवा गर्न समेत तयार रहेको समेत सुचनामा जनाईएको छ ।
एनआरएन मलेसियाका अध्यक्ष विनोद थापाले कोरोनाका कारण कसैलाई समस्या परिरहेकोभए  016 9712385 फोन समेत गर्न अनुरोध गरेका छन ।

 

प्रतिक्रिया

सम्बन्धित खवर