
२१ श्रावन २०७८, बिहिवार
मलेसियामा एक नेपालीले तेह्र तला माथिवाट हामफालेर आत्महत्या गरेका छन ।
सेवरागजयामा आफु वस्ने कण्डोमिनियमको तेह्रौ तलावाट वुधवार साझँ करीव ६ बजतिर अन्दाजी ३५ वर्षका दिपक चौधरीले हामफालेर आत्महत्या गरेका हुन । उनी सोहि कण्डोमिनियमको छ तलामा अरु देशका श्रमिकहरुसँग वस्ने गरेका थिए ।
सेक्युरिटि गार्डका रुपमा मलेसियामा कार्यरत रहेका उनी लामो समयदेखि अवैधानिक अवस्थामा रहेका थिए । आफुलाई कहिले चितवन कहिले नवलपरासी घर वताउने भएपनि घर र ठेगानाको वारेमा पुरै परिचय खुलेको छैन ।साईबर जाया डोमिनिकमा उनी सेक्युरिटि गार्डको रुपमा कार्यरत रहेका थिए ।
घटना हुना साथ प्रहरी आएर शवलाई लिएर गएको र आफुहरुले यो भन्दा थप जानकारी केहि थाहा नभएको साथीहरुले जानकारी गराएका छन ।
कुन सेक्युरिटि कम्पनीमा काम गर्थे भन्ने समेत उनीहरुले खुलाउन चाहेनन ।टेलिफोनमा सुचना दिदै उनले भने मलेसियाको सेक्युरिटि कम्पनी कस्तो हुन्छ सवैलाई थाहा छ त्यसैले कम्पनीको नाम नराखिदिनुहोला।
मृत्युको घटना सम्वन्धि जानकारी नेपाली दुतावासमा भर्खरै मात्रआएको दुतावासश्रोतले जानकारी गराएको छ । के भएको हो हामिले थप अनुसन्धान गर्नेछौ ति अधिकारीले भने । घटनाको वारेमा थाहा पाउनेहरुले नेपाली दुतावासको हटलाईन फोन(0162472777) मा सम्पर्क गर्न पनि ति अधिकारीले आग्रह गरे ।