
२१ श्रावन २०७८, बिहिवार
वैदेशिक रोजगारीमा गएका १सय ४० जनाले विदेशमै आत्महत्या गरेका छन । वैदेशिक रोजगार वोर्डका अनुसार २०७७/ ७८मा मात्रै वैदेशिक रोजगारीमा रहेका एकसय ३६ जना पुरुष र ४ जना महिलाले आत्महत्या गरेका हुन ।
त्यस्तै सडक दुर्घटनामा एक सय १९ जना मध्ये १सय १६ जना पुरुष र तीन जना महिलाको मृत्यु भएको छ ।
विभिन्न रोगका कारण ४२७ जना कार्डियाक अरेष्टवाट १०४ जना,काम गर्ने ठाउँमै दुर्घटनामा परेर २६ जना,प्राकृतिक कारणवाट १सय ७१ जनाको मृत्यु भएको छ ।
वोर्डका अनुसार विभिन्न कारणवाट २४८ जनाको विदेशमा मृत्यु भएको जनाईएको छ । मृत्युभएकाहरु मध्ये ५ जनाको मृत्युको कारण सम्वन्धमा अनुसन्धान भैरहेको वोर्डले जनाएको छ ।