
८ भाद्र २०७७, सोमवार
दाङमा ६सय ७६ जनाले कोरोनालाई जितेको स्वास्थ कार्यालयका फोकल पर्सन कमल चन्दले वताएका छन । दाङमा अहिले पछिल्लो समय बाहिरी मुलकबाट आएका १ सय ९३ जना क्वारेन्टाइनमा रहेको पनि उनले जानकारी गराए ।
चन्दले दिएको जानकारी अनुसार कोरोना संक्रमणको आशंकामा अहिलेसम्म १३ हजार १ सय १० जना क्वारेन्टाइनमा राखिएकोमा १२ हजार ९ सय १७ जना घर फर्किसकेका छन ।
क्वारेन्टाइनमा बसेका र बाहिर ठाउँबाट गरी अहिलेसम्म १३ हजार २ सय ८३ जनाको स्वाब संकलन गरिएको थियो । आइतबार पनि २ सय ६७ जनाको स्वाब संकलन गरियो। चन्दका अनुसार जिल्लामा ७१४ जनामा कोरोना पोजेटिभ देखिएकोमा ६७६ जना भने निको भएर घर फर्किएका छन् भने ३६ जना मात्र आइसोलेसनमा उपचाररत रहेका छन् । एक पुरुष र एक महिलाको भने मृत्यु भईसकेको छ ।