२० श्रावन २०७८, बुधवार

धनगढी सुदूरपश्चिममा बुधबार थप ४९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। भने, १४ जना  निको भएर घर फर्किएका छन्।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

प्रदेशमा ६ सय ८६ जनाको नमुना परीक्षण गर्दा ४९ जनामा कोरोना पुष्टि भएको हो।

सेती प्रादेशिक अस्पतालमा १ सय १२  नमुना परीक्षण गर्दा २८ जना र डडेल्धुरा अस्पतालमा ४४ जनाको नमुना परीक्षण गर्दा ११ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय डोटीले जनाएको छ।

यस्तै महाकाली अस्पतालमा १६ जनाको नमुना परीक्षण गर्दा कसैमा पनि संक्रमण पुष्टि नभएको स्वास्थ्य निर्देशनालय जनाएको छ।

यस्तै प्रदेशभर ५ सय १४ जनाकोे एन्टिजेन बिधिबाट नमूना परीक्षण गर्दा १० जनामा कोरोना संक्रमण पुष्टि भएको निर्देशनालयल जनाएको छ। बुधबार सुदूरपश्चिममा कोरोनाबाट मृत्यु हुनेको संख्या शुन्य रहेको जनाइएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर